काठमाडौं– काठमाडौं महानगरपालिकाले यस वर्ष तीन दिन महानगर दिवस मनाउने भएको छ।
महानगरपालिकाले यस वर्ष आउँदो मंसिर २७ देखि २९ गतेसम्म तीन दिन महानगर दिवस मनाउने निर्णय गरेको हो।
महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले २०५२ सालमा काठमाडौं महानगरपालिका घोषणा गरेदेखि यता हरेक वर्ष मंसिर २९ गतेलाई महानगर दिवसको रुपमा मनाउने गरिएको बताए।
उनले २७औँ महानगर दिवसमा, सेवाग्राही सर्वेक्षण, ज्येष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप शुरुआत तथा स्वास्थ्य शिविर, विशेष सरसफाइ, खेलकुद, सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिने पनि जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।