काठमाडौं– मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट २६.३१ प्रतिशत लाभांश घोषणा गरेको छ।
लघुवित्त सञ्चालक समितिको हालै सम्पन्न बैठकले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर तथा १.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।
हाल १३ करोड ६३ लाख ४९ हजार ७४३ रुपैयाँ रहेको लघुवित्तको चुक्ता पूँजी प्रस्तावित बोनस सेयर वितरणपश्चात १७ करोड ४ लाख ३७ हजार १७८ रुपैयाँ ७५ पैसा पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।