काठमाडौं– काठमाडौं विश्वविद्यालय (केयू)ले वरिष्ठ शिक्षासेवी रामानन्द मिश्रलाई मरणोपरान्त प्रतिष्ठित ‘केयू–ओरेसन २०२१’ सम्मान प्रदान गरेको छ।
शनिबार विश्वविद्यालयको ३०औं वार्षिकोत्सवको अवसर पारेर अयाोजित एक विशेष समारोहकाबीच आठ महिनाअघि निधन भएका वरिष्ठ शिक्षासेवी रामानन्द मिश्रलाई मरणोपरान्त सम्मान प्रदान गरिएको हो।
काठमाडौं विश्वविद्यालयको स्थापना र विकासमा संलग्न रहेर, शैक्षिक र प्रशासनिक क्षेत्रमा कार्यरत रही महत्त्वपूर्ण समय प्रदान गर्ने प्रतिष्ठित व्यक्तित्वहरुलाई विश्वविद्यालयले सन् २०१४ बाट केयू परिसरको सम्मानबाट वार्षिक रुपमा सम्मान गर्दै आएको छ। जसअनुसार यो वर्षका लागि यो सम्मान मिश्रलाई प्रदान गरिएको हो।
काठमाडौं विश्वविद्यालय स्थापनामा स्रहानीय योगदान पुर्याएका कारण मिश्रलाई मरणोपरान्त सम्मान प्रदान गरिएको विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले जानकारी दिए।
मिश्रले विद्यालय प्रशासन र निरीक्षण विषयमा फिलिपिन्सबाट स्नातकोत्तर र उच्च शैक्षिक प्रशासनिक विषयमा अमेरिकाबाट पोस्ट ग्राजुएट गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।