काठमाडौं- अमेरिकाको केन्टकी प्रान्तमा आएको आँधीमा परि मृत्यु हुनेको संख्या १ सय भन्दा धेरै पुग्ने आशंका व्यक्त गरिएको छ।
मृत्यु हुनेमा मैनवत्ती कारखानमा काम गर्ने दर्जनबढी रहेको बीबीसीले बताएको छ।
अमेरिकी राष्ट्रपति जो वाइडनले अमेरिकाको मध्य क्षेत्रमा आएको भीषण आँधीबाट पीडित नागरिकको सहयोगकोमा हरसम्भव प्रयास गर्ने बताए।
वाइडेनले नराम्रोसँग प्रभावित उक्त क्षेत्रका लागि कोष जारी गर्दै आपतकालीन घोषणामा हस्तार गरेका छन्।
कारखानामा करीब ११० मध्ये ४० भन्दा धेरैलाई सुरक्षित रुपमा बाहिर निकालिएको छ ।
आँधीका कारण मेफिल्डमा प्रहरी स्टेशन नष्ट भएको छ र उपकरणहरु क्षतिग्रस्त भएको छ। राज्यमा हजारौं मानिस बिना बिजुली रहेका छन्।
आँधीका कारण केन्टकीका अलावा अन्य राज्यमा पनि १२ जनाको मृत्यु भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।