फाइल तस्बिर काठमाडौं– एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला टाेलीको घोषणा भएको छ।
नेपाल भलिबल संघले बंगलादेशमा आयोजना हुने प्रतियोगिताको लागि आइतबार अरुणा शाहीको कप्तानीमा १२ सदस्यीय टाेली घोषणा गरेको हो। बन्द प्रशिक्षणमा रहेका १५ खेलाडीबाट संघले अन्तिम चरणमा १२ खेलाडी समेटिएका छन्।
टोलीमा निरुता ठगुन्ना,कविता भट्ट र सरस्वती जैसी पर्न सकेनन्।यता, कामना विष्ट, शान्ती थारू र लक्ष्मी चन्दले पहिलो पटक राष्ट्रिय टाेलीमा स्थान बनाएका छन्। यस्तै, कृपा अधिकारी र मनिषा चौधरीले पुनरागमन गरेका छन्।
प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म ढाकामा हुनेछ। नेपाल प्रतियाेगिताकाे साविक विजेता टाेली हाे। महिला टोली मुख्य प्रशिक्षक जगदिश भट्टको प्रशिक्षणमा रहेको छ।
नेपाली टाेली : अरुणा शाही, प्रतिभा माली, उषा भण्डारी, सरस्वती चौधरी, शान्ति थारु, सफिया पुन, सुनिता खड्का, मनिषा चौधरी, कृपा अधिकारी, सिलना श्रेष्ठ, कामना विष्ट र लक्ष्मी चन्द
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।