काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। आज बस्ने बैठकले ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्नेछ।
त्यस्तै आजको बैठकमा नेताहरुको कार्यविभाजन गर्नेसमेत रहेको छ। चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनपछि दोस्रो पूर्ण केन्द्रीय कमिटीको बैठक शनिबारदेखि भक्तपुरमा सुरु भएको हो।
हिजोको बैठकले जिल्ला र प्रदेश अधिवेशनको मिति तोकेको छ। जिल्ला अधिवेशन पुस २३ र प्रदेश अधिवेशन माघ ८ गते गर्ने निर्णय भएको छ। सबै जनवर्गीय संगठनहरुलाई अधिवेशन गर्न अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिइसकेका छन्।
शनिबारको बैठकबाट अमृतकुमार बोहोरालाई सल्लाहकार परिषद् अध्यक्षमा नियुक्त गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।