काठमाडौं– चिलिमे जलविद्युत् कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट १५ प्रतिशत लाभांश घोषणा गरेको छ।
कम्पनीको शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ७ दशमलव ५ प्रतिशत बोनस सेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो।
उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २३ गते २५औं वार्षिक साधारण सभासमेत आह्वान गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।