काठमाडौं– जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले मैन्जलाई पराजित गरेको छ।शनिबार राति सम्पन्न खेलमा बायर्नले मैन्जलाई २–१ गोल अन्तरले हराएको हो। घरेलु मैदानमा सम्पन्न खेलमा बायर्नले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो।
खेलको २२ औं मिनेटमा करिम ओनिसिवोले गोल गर्दै मैन्जलाई अग्रता दिलाएका थिए। खेलको ५३ औं मिनेटमा किंग्स कोम्यानले गोल गर्दै बायर्नलाई १–१ गोलको बराबरीमा फर्काए।
त्यसपछि खेलको ७४ औं मिनेटमा जमल मुसिआलाले गोल गर्दै बायर्नलाई २–१ को जित दिलाए।
जितसँगै १५ खेलमा ३७ अंक जोडेको बायर्न तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ। पराजित मैन्ज १५ खेलबाट २१ अंक जोडेर आठौं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।