काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आर्सनलले साउथह्याम्पटनविरुद्ध सहज जित निकालेको छ।
शनिबार राति घरेलु मैदानमा सम्पन्न खेलमा आर्सनलले साउथह्याम्पटनलाई ३–० गोल अन्तरले पराजित गरेको हो।
खेलको २१ औं मिनेटमा एलेक्जेन्डर लाकाजेट्टीले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए। मार्टिन ओडेगार्डले २७ औं मिनेटमा गोल गर्दै आर्सनललाई २–० को स्थितिमा पुर्याए।
त्यसपछि खेलको ६२ औं मिनेटमा गाब्रियलले गोल गर्दै आर्सनललाई ३–० को जित दिलाए।
जितसँगै १६ खेलबाट २६ अंक जोडेको आर्सनल लिगको छैटौं स्थानमा रहेको छ। पराजित साउथह्याम्पटन १६ अंकका साथ तालिकाको १६ औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।