काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत चेल्सीले लिड्स युनाईटेडमार्थि रोमान्चक जित निकालेको छ। शनिबार राति सम्पन्न खेलमा चेल्सीले लिड्स युनाइटेडमाथि ३–२ गोल अन्तरले जित निकालेको हो।
स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा चेल्सीले सुरुआती अग्रता उल्टाएरे जित निकालेको हो। खेलको २८ औं मिनेटमा नै राफिन्हाले गोल गर्दै लिड्सलाई सुरुआती अग्रता दिलाएका थिए।
खेलको ४२ औं मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीलाई बराबरीमा ल्याए। खेलको ५८औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई २–१ को स्थितिमा पुर्याए।पुनः ८३ औं मिनेटमा जोसेप गेल्हार्डले गोल गर्दै लिड्सलाई २–२ को स्थितिमा ल्याए ।
त्यसपछि इन्जुरी समयको चौंथो मिनेटमा जोर्गिन्होले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ३–२ को जित दिलाए।
जितसँगै १६ खेलमा ३६ अंक जोडेको चेल्सी लिगको तेस्रो स्थानमा रहेको छ। पराजित लिड्स भने १६ अंकका साथ अंकतालिकाको १५ औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।