काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत लिभरपुलले जित निकालेको छ। शनिबार राति सम्पन्न खेलमा लिभरपुलले एस्टन भिल्लामाथि १–० को जित निकालेको हो।
घरेलु मैदानमा सम्पन्न खेलमा लिभरपुललाई जित दिलाउन मोहमद सलाहले गोल गरे।सलाहले खेलको ६७ औं मिनेटमा पेनाल्टीबाट गोल गरेको गोल नै लिभरपुलको जितमा निर्णायक बन्यो।
जितसँगै १६ खेलमा ३७ अंक जोडेको लिभरपुल लिगको दोस्रो स्थानमा रहेको छ। पराजित एस्टन १९ अंकका साथ १२औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।