काठमाडौं– अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा उल्भ्समाथि संघर्षपूर्ण जित निकालेको छ।
शनिबार भएको खेलमा सिटीले १० खेलाडीमा सिमित उल्भ्सलाई १-० गोलअन्तरले पराजित गरेको हो। सिटीको जितमा रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे।
पहिलो हाफको इन्जुरी समयमा राहुल जेमिनेजले दोहोरो पहेंलो कार्डसहित रातो कार्ड पाएपछि उल्भ्स १० खेलाडीमा समेटिएको थियो।
उक्त मौकालाई सदुपयोग गर्दै सिटीले जित निकाल्यो। सिटीको जितमा स्ट्रर्लिङले खेलको ६६ औं मिनेटमा पेनाल्टीमा गोल गरे।
जितसँगै सिटीले १६ खेलमा ३८ अंक जोडेको छ। उल्भ्स २१ अंक जोडेर आठौं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।