काठमाडौं– नेपालले साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा बंगलादेशसँग बराबरी खेलेको छ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्ताफा कमल स्टेडियममा शनिबार सम्पन्न खेलमा नेपालले घरेलु टिमसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो।
प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले मौका खेर फ्याँले। बराबरीसँगै नेपाल र बंगलादेशले समान १ अंक जोडेको छ।
त्यसअघि शनिबारै भएको च्याम्पियनसिपको पहिलो खेलमा भुटानले श्रीलंकालाई ५–० गोलअन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको छ। भुटानले जारी प्रतियोगितामा ३ अंक जोडेको छ।
अब नेपालले दोस्रो खेलमा बुधबार श्रीलंकासँग खेल्ने छ। राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाको सहभागिता रहेको छ।
शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन्। फाइनल खेल डिसेम्बर २१ मा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।