काठमाडौं– बढ्दो मुद्रास्फीति दर र विदेशी मुद्रा सञ्चिति घट्दै गएको पाकिस्तानको रुपैयाँ डलरको तुलनामा कीर्तिमानी स्तरमा कमजोर भएको छ। शुक्रबार पाकिस्तानी रुपैयाँ प्रति डलर ०.०६ प्रशितले घट्दै १७७.१ पुगेको छ।
डलरको बढ्दो माग र पर्याप्त आपूर्तिको अभावका कारण पाकिस्तानी रुपैयाँले कीर्तिमानी न्यून विन्दु पार गरेको हो।
टपलाइन सेक्युरिटीजद्वारा गरिएको सर्वेक्षण अनुसार, वित्तीय बजारका ४३ प्रतिशत सहभागीहरूले आर्थिक वर्ष २०२२ को अन्त्यसम्ममा डलरको तुलनामा पाकिस्तानी रुपैयाँ १८०-१८५ ले घट्ने आकलन गरेका छन्।
पाकिस्तानी रुपैयाँ विगत सात महिनादेखि लगातार अवमूल्यन भइरहेको छ । यस वर्षको मे १४ मा, रुपयाँ पछिल्ला २२ महिनामा सबैभन्दा ठूलो गिरावट भएको थियो। त्यो बेला प्रति डलर १५२.२७ रुपैयाँ थियो। अहिलेसम्म १६.७ प्रतिशत (अर्थात् रु २५.४४) ले घटेको छ ।
पाकिस्तानको केन्द्रीय बैंकले जारी गरेको तथ्यांकले जुलाई १, २०२१ देखि चालू आर्थिक वर्षदेखि पाकिस्तानी रुपैयाँ १२.८० प्रतिशत अर्थात् २०.१७ रुपैयाँले घटेको देखाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।