काठमाडौं– नेकपा एमालेले महाधिवेशनपछि पार्टी 'कमरेडली भावना'ले अझ एकताबद्ध भएको निष्कर्ष निकालेको छ। शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत महाधिवशेनको समीक्षामा पार्टी संगठनात्मक रुपमा थप सुदृढ र व्यवस्थित भएको उल्लेख गरिएको छ।
‘केही कमी र सीमाहरुका बाबजुद पार्टीको १०औं राष्ट्रिय महाधिवेशन अत्यन्त भव्य, ऐतिहासिक र सफल रहेको छ’, समीक्षा प्रतिवेदनमा भनिएको छ, ‘महाधिवेशन पश्चात् पार्टी नीतिगत रुपमा थप स्पष्ट र सही ढंगले दिशानिर्देशित भएको छ।’
विधान महाधिवेशनले पारित गरेको कार्यदिशा र राष्ट्रिय महाधिवेशनले निर्माण गरेको नेतृत्वको मार्गदर्शनमा सिंगो पार्टीलाई परिचालित गर्नु अब पार्टीको दायित्व भएको बताइएको छ।
‘महाधिवेशनले पार्टीभित्रका विभिन्न मनोविज्ञानहरु (सुरुदेखि नै नेतृत्वको वरिपरि गोलबन्द एकता र एकीकरणका क्रममा आवद्ध र दश बुँदे प्रस्ताव पश्चात् क्रियाशील) लाई भावनात्मक रुपमा एकताबद्ध गर्दै पार्टीलाई थप सुदृढ बनाएको छ’, समीक्षा प्रतिवेदनमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।