काठमाडौं– नेकपा (एमाले)ले जिल्ला र प्रदेश अधिवेशनको मिति तोकेको छ। भक्तपुरमा शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा जिल्ला अधिवेशन पुस २३ र प्रदेश अधिवेशन माघ ८ गते गर्ने प्रस्ताव गरिएको छ।
सबै जनवर्गीय संगठनहरुलाई अधिवेशन गर्न अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिइसकेका छन्। शनिबारको बैठकबाट अमृतकुमार बोहोरालाई सल्लाहकार परिषद् अध्यक्षमा नियुक्त गरिएको छ।
आइतबार एमालेले पोलिटब्यूरो, स्थायी कमिटी गठन र कार्यविभाजन गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।