काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा अब पुग्ने गन्तव्य स्पष्ट नहुँदा समस्या पैदा भएको टिप्पणी गरेका छन्।
काठमाडौंमा पार्टीको प्रदेश सम्मेलन उद्घाटन गर्दै प्रचण्डले पार्टीमा विचारको विकास नुहँदा नेता कार्यकर्ता अलमलमा परेको बताए। ‘अहिलेको समस्या न कार्यकर्ता हो न नेता हो? नेता र कार्यकर्ताको व्यक्तिगत समस्याको रुपमा बुझिनुहुँदैन। यो विश्व इतिहास र नेपालको इतिहासमा क्रान्तिको नयाँ विचारको खोजीको चुनौती हो,’ प्रचण्डले भने, ‘यो हामी सबैमा विचारको समस्या हो। वैचारिक स्पष्टताको अभाव हो। अबको गन्तव्य क्लियर नदेखिनु हो। अब हिँड्ने बाटो यहीँ हो भन्ने प्रष्ट नहुनु नै हामी सबैको समस्या हो।’
अगाडि बढ्न खोज्दा चित्र प्रष्ट नहुँदा पार्टी अलमलमा परेको प्रचण्डले बताए। ‘हामी सबैको समस्या गन्तव्य क्लियर चित्र देखिँदैन। हेर्न खोज्यो चित्र धमिलो हुन्छ। यताबाट हेर्ने खोज्यो अध्यारो देखिन्छ,’ प्रचण्डले भने, ‘पार्टीले लिने गन्तव्य अध्यारो देखिएपछि कसरी जोश कसरी आउँछ? रुपान्तरण त्याग कसका लागि गर्ने भन्ने हुन्छ?’
राष्ट्रिय सम्मेलनबाट पार्टीलाई रुपान्तरण गरेर नयाँ ठाउँमा पु¥याउन खोजेको प्रचण्डले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।