काठमाडौं- नेपाली कांग्रेसको जारी महाधिवेशनमा उम्मेदवारी दर्ताको समय सकिएको छ।
शनिबार बिहान १० बजेबाट सुरु भएको उम्मेदवारी दर्ताको समय साँझ पाँच बजे सकिएको हो।उम्मेदवारी दर्ताको समय सकिएसँगै अब उम्मेदवारविरुद्ध उजुरी र दाबी बिरोधका लागि समय छुट्याइएको छ।
त्यसका लागी २ घण्टा समय छुट्याइएको कांग्रेस निर्वाचन समितिले जनाएको छ।
कांग्रेसको जारी महाधिवेशनमा सभापतिका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छ्न्।
सभापतिमा वर्तमान सभापति शेरबहादुर देउवालाई चुनौती दिन संस्थापन इतरका दुई प्यानल र स्वतन्त्र रुपमा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्।
देउवालाई सभापतिमा चुनौती दिँदै शेखर कोइराला र प्रकाशमान सिंह संस्थापन इतरवाट उम्मेदवारी दर्ता गराएका छन्। त्यसैगरी, स्वतन्त्र रुपमा कल्याण गुरुङ र युवराज न्यौपानेले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।