काठमाडौं- नेकपा माओवादी केन्द्रका सबै प्रदेश कमिटीका अध्यक्षले आ–आफ्नो प्रदेशमा पार्टीको अवस्थाका बारेमा रिर्पोटिङ गरेका छन्।
शनिबार उद्घाटन भएको प्रदेश अधिवेशनमा सात भौगोलिक र दुई गैरभौगोलिक गरि १० प्रदेशका अध्यक्षले पार्टीलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमासमेत सुझाव दिएका छन्।
प्रदेश-१ अध्यक्ष सुरेशकुमार राई, प्रदेश-२ अध्यक्ष प्रह्लाद बुढाथोकी, बाग्मती प्रदेश अध्यक्ष नारायण दाहाल, गण्डकी प्रदेश अध्यक्ष हरिराज अधिकारीले रिर्पोटिङ गरेका छन्। यस्तै लुम्बिनी प्रदेशबाट सचिव जगप्रसाद शर्मा, कर्णाली प्रदेशबाट अध्यक्ष राजकुमार शर्मा, सुदूरपश्चिम प्रदेश अध्यक्ष सरदसिंह भण्डारी, उपत्यका विशेष प्रदेशबाट अध्यक्ष लेखनाथ न्यौपाने, सम्पर्क सम्वन्य समिति अध्यक्ष सत्या पहाडीले रिपोर्टिङ गरेका छन्।
सबै प्रदेश कमिटीका अध्यक्षले पार्टीको संगठनको अवस्था, पालिका,वडा र सेल कमिटीको अवस्थाको बारेमा रिर्पोटिङ गरेका छन्। सबै अध्यक्षले प्रचण्डलाई केन्द्रमा राखेर पार्टी पुनर्निर्माणमा सबै जुट्नु पर्ने धाराणा राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।