काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका जनवर्गीय संगठनहरुलाई अविलम्ब अधिवेशन गर्न निर्देशन दिएका छन्। जनवर्गीय संगठन मनोनित पदाधिकारीबाट चलिरहेको बताउँदै उनले तत्काल अधिवेशन गर्न निर्देशन दिएका हुन्।
पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, 'अब जनसंगठनहरु अधिवेशनबिना निरन्तर रहन सक्दैनन्। तत्काल अधिवेशन हुनुपर्दछ।'
उनले अविलम्ब अधिवेशन गर्ने भनेर चुनावलाई असर गर्नेगरी नगर्न समेत निर्देशन दिएका छन्। अधिवेशनबाट नेतृत्व चयन गर्दा आगामी चुनावलाई ध्यान राख्नुपर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।