काठमाडौं- ‘समुन्नतः नेपाल, सम्मानित नेपाली’ प्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको प्रतिक्रियाप्रति गगन थापाले जवाफ फर्काएका छन्। थापाले कांग्रेसको चौधौं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गर्दा ‘समुन्नतः नेपाल, सम्मानित नेपाली’को अवधारणा प्रस्तुत गरेका थिए।
उता ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्दै आएका ओलीले ‘यताउति गरेर चिन्तकहरु देखिन खोज्या छन्’ भनेका थिए। थापाले ओलीको सोही प्रतिक्रियाप्रति प्रतिक्रिया जनाएका हुन्।
‘प्रतिपक्षका नेताले समय निकालेर, मेरो अवधारणाको अलिकति अध्ययन गरेर टिप्पणी गरेको भए शायद यस्तो सतही प्रतिक्रिया आउने थिएन’, थापाले शनिबार जारी गरेको वक्तव्यमा भनिएको छ।
उनले सो अवधारणा आफूले तेह्रौं महाधिवेशनमै दस्तावेजको रुपमा प्रकाशित गरेको र २०७४ सालको निर्वाचनमा पनि सोही अवधारणा अघि सारेर निर्वाचन लडेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।