काठमाडौं– नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलन सुरु भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंमा आयोजित एक कार्यक्रमबीच प्रदेश सम्मेलनको उद्घाटन गरेका हुन्। बाग्मती प्रदेश सम्मेलनमा सहभागी प्रचण्डले एकैपटक सबै प्रदेश सम्मेलनको उद्घाटन गरेका हुन्।
माओवादीले आज सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशको सम्मेलन गर्दै छ। प्रदेश एकको विराटनगर, प्रदेश दुईको जनकपुर, बागमती काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको दाङ, कर्णालीको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीमा प्रदेश अधिवेशन सुरु भएको हो।
यस्तै उपत्यका विशेष, प्रवास र सम्पर्क समन्वय प्रदेशको समेत काठमाडौंमै सम्मेलन भइरहेको छ। सम्मेलनमा प्रदेश अध्यक्षहरुले धारणा राखिरहेका छन्। सबै प्रदेश अध्यक्षहरुकोे रिर्पोटिङपछि पार्टी अध्यक्ष प्रचण्डले सबै प्रदेशलाई भर्जुअल रुपमा सम्बोधन गर्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।