काठमाडौं- फुटबलर डिएगो म्याराडोनाको घडी चोर्ने एक व्यक्ति पक्राउ परेका छन्।
भारत आसामका मुख्यमन्त्री हेमन्त बिस्वाले ट्वीटमार्फत दिएको जानकारी अनुसार अन्तर्राष्ट्रिय सहयोगमा दुबई प्रहरीले आसाम प्रहरीसँग मिलेर म्याराडोनाको हबलट घडी चोर्ने वाजिद हुसेनलाई गिरफ्तार गरेर घडी बरामद गरेको हो।
म्याराडोनाको गत वर्ष नोभेम्बरमा निधन भएको थियो । १९८६ मा अर्जेन्टिनालाई विश्वकप जिताउने म्यारोडना विश्वका महान फुटबलर मध्ये एक हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।