काठमाडौं- आज देशभरको मौसम सामान्यतया सफा रहने भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार देशभरको मौसम सफा रहने जानकारी दिएको हो।
महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।
आज दिउँसो प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ। यसैगरी राति देशका पहाडी भू-भागमा आंशिक बदली रहने जनाएको छ।
देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।