काठमाडौं– पाकिस्तानी तालिवान अर्थात् तेहरिक-इ-तालिबान पाकिस्तान (टीटीपी) समूहले एकपक्षीय रूपमा सरकारसँग गरेको एक महिना लामो युद्धविराम अन्त्य गर्ने घोषणा गरेको छ।
पाकिस्तानको सरकारले सन् २००७ देखि आफूसँग लड्दै आएको सशस्त्र समूहसँग वार्ता सुरु गर्ने घोषणा गरेपछि ९ नोभेम्बरमा युद्धविराम लागू भएको थियो।
यद्यपि, टीटीपीका अधिकारीहरूले शान्ति वार्ताको प्रारम्भिक चरणहरूमा गरिएका वाचाहरू सरकारले पूरा नगरेको आरोप लगाएका छन्।
बिहीबार जारी गरेको विज्ञप्तिमा वर्तमान परिस्थितिमा युद्धविराम जारी राख्न सम्भव नभएको टीटीपीले जनाएको छ।
पाकिस्तानको सरकारले यसबारे कुनै धारण सार्वजनिक गरेको छैन।यद्यपि, सूचनामन्त्री फवाद चौधरीले ८ नोभेम्बरमा सरकार र टीटीपीबीच एक महिना लामो युद्धविराममा सहमति भएको पुष्टि गरेका छन्।
युद्धविराममा राज्यको सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा, सान्दर्भिक क्षेत्रमा शान्ति र सामाजिक तथा आर्थिक स्थायित्वका विषयमा विचार गरिने सम्झौता भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।