काठमाडौं– युरोपेली संघका १५ सदस्य राष्ट्रले ४० हजार अफगानीलाई शरण दिने भएका छन्।
जर्मनीले २५ हजार, नेदरल्यान्डले ३ हजार १५९, स्पेन र फ्रान्सले प्रत्येक २५ हजार र अन्य देशहरूले कम संख्यामा शरण लिन तयार भएका हुन्। युरोपेली संघका कमिश्नर इल्वा जोहानसनले ती देशका आन्तरिक मन्त्रीहरूसँगको भेटपछि उक्त जानकारी दिएकी हुन्।
‘मलाई लाग्छ यो एकताको प्रभावशाली कार्य हो,’ जोहानसनले भनिन्, ‘धेरै अफगानहरूलाई नियन्त्रित तरिकाले बसाईं सर्ने अनुमति दिनुले गौरकानुनी आगमनलाई रोक्न मद्दत गर्दछ।’
संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले यसअघि पाँच वर्षभित्र ४२ हजार ५०० अफगानीहरूलाई शरण दिन आग्रह गरेको थियो। तर, २७ सदस्य राष्ट्रमध्ये केहीले यसको विरोध गरेका थिए।
अनुमानित ८५ हजार अफगानीहरू आफ्नो मातृभूमिबाट ईयु नजिकका देशहरूमा शरण लिरहेका छन्। अगस्ट १५ मा तालिवानको सत्ता कब्जा गरेपछि उनीहरु भागेर त्यहाँ पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।