काठमाडौं– म्यानमारको सेनाले निर्वाचित सरकारलाई सत्ताबाट हटाएको अप्रजातान्त्रिक कदमको विरोध गरिरहेको ‘नेशनल लिग फर डेमोक्रेसी’ सहितका विपक्षी दलहरूको ठूलो समूहले ‘मौन हडताल’ गरेको छ।
शुक्रबारको हडतालका कारण देशभरका सहर र सहरका सडक खाली रहेका छन्। हडतालका कारण म्यानमारको व्यावसायिक केन्द्र याङ्गून सहरका सडकहरू खालि रहेका थिए भने पसलहरू स्वतस्फुर्त बन्द भएका छन्।
यस्तै, आगन्तुक तथा तीर्थयात्रीहरूले भरिनेगरेको प्रसिद्ध श्वेडागोन प्यागोडा गुम्बामा खासै चहलपहल नदेखिएको रेस्टुरेन्ट, पसल र मुख्य बजार सबै बन्द भएका दोस्रो सहर मन्डलेका बासिन्दाले एएफपीसँग नाम उल्लेख नगर्ने शर्तमा बताए।
फेब्रुअरीको विद्रोहदेखि म्यानमारको अर्थतन्त्र टाट पल्टेको छ भने १३ सयभन्दा बढी नागरिकहरु सुरक्षा बलद्वारा मारिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।