काठमाडौं– पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा भइरहेको मानवीय प्रकोप रोक्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन्। उनले अफगानिस्तानको भविष्य खतरामा रहेको बताए।
इस्लामावादमा भएको सम्मेलनमा खानले अफगानिस्तानमा लगाइएको प्रतिबन्धका कारण त्यहाँका जनता चिन्तित रहेको र करिब ३० लाखको भविष्य अन्यौलमा रहेको बताए।
‘अफगानिस्तानमा गृहयुद्धको खतरा थियो। यदि गृहयुद्ध भएको भए शरणार्थीहरू पाकिस्तान फर्किने थिए। पाकिस्तान अफगानिस्तान हुन्थ्यो। युद्ध त सकियो तर अब हामीले अफगानिस्तानलाई मानवीय प्रकोपबाट बचाउनु पर्छ,’ उनले भने।
खानले अन्तर्राष्ट्रिय समुदाय र विशेषगरी अमेरिकालाई अफगानिस्तानमा मानवीय प्रकोप रोक्न आग्रह गरेका छन्। उनले अफगानिस्तानको मुद्रा बैंकिङ प्रणालीमा जम्मा भएकाले सर्वसाधारणलाई असर परेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।