काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न ५ मुलुकबाट तोकिएका नेपालका लागि गैरआवासीय राजदूतहरूले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थितिमा उनीहरूले सो प्रमाणपत्र पेस गरेका हुन्।
प्रमाणपत्र पेस गर्नेमा गैरआवासीय राजदूहरू नाइजेरियका अहमेद सुले, इथोयोपियाका तिजिता मुलुगेटा मुकाङ्गिरा, लक्जमबर्गका पेगे फ्रान्टजेन, स्लोभेनियाका मातेजा भाडेव घोस रहेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।