काठमाडौं- नेपाली कांग्रेसको चौधौं महाधिवशेनको उद्घाटन समारोहमा सम्बोधन गर्न पुगेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधनमा रोचक तरिका अपनाएका छन्।
सम्भवतः मञ्चमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम नलिनका लागि उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नामपछि मञ्चमा आसिन सबै पार्टीका प्रमुख नेताहरुलाई एकमुष्ठ सम्बोधन गरे।
ओली र नेपालले फरकफरक मञ्चमा एक अर्काको चर्को आलोचना गर्ने गरेका छन्। तर पार्टी विभाजनपछि एउटै मञ्चमा उनीहरु सहभागी थिएनन्।
एमाले अध्यक्ष ओलीले भने सम्बोधन गर्नै बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।