काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शुभकामना दिन मञ्चमा उपस्थित भएका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन्।
जनता समाजवादी पार्टीबाट अलग दल बनाउन राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको श्रेय दिँदै प्रधानमन्त्रीलाई धन्यवाद दिएका महन्थले मधेश आन्दोलनमा मुद्दा लागेका १४९ जनाको मुद्दा फिर्ता लिएको भन्दै ओलीलाई धन्यवाद दिए।
थारुहटको शान्तिपूर्ण आन्दोलनमा धेरै नोक्सानी भएको र अहिले पनि आफ्ना नेताहरु जेल तथा तारिखमा रहेको उनले बताए।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा सहभागी हुने विषयमा विवाद हुँदा जसपा विभाजन भएर लोसपा गठन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।