काठमाडौं– नेकपा मालेका महासचिवका सीपी मैनालीले वाह्य हस्तक्षेपमा राजनीतिक दलको ध्यान नगएको बताएका छन्।
कांग्रेसको १४ औं महाधिवेशनको सफलताको शुभकामना दिन उपस्थित नेता मैनालीले नेपालले विदेशी असंलग्नताको नीति थप परिमार्जित गर्नुपरेको बताए। ‘लोकतन्त्रको लागि लड्दै आएको कांग्रेसको ध्यान असंलग्न राष्ट्रतिर जाओस्।’
उनले व्यवस्था परिवर्तन भए पनि देशको अवस्थामा परिवर्तन हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे। मैनालीले संसद अवरोध हुने अवस्था यथावत रहेकोप्रति चिन्ता व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।