नाइजेरियाको नाइजर प्रान्तमा बन्दुकधारीले एक मस्जिदमा प्रवेश गरि १६ जनाको गोली हानी हत्या गरेका छन्।
प्रान्तको मशेगु क्षेत्रको बारे गाउँमा भएको यस घटनामा ठूलो संख्यामा मानिसहरु घाइते भएका बीबीसीले जनाएको छ। नाइजर प्रान्तका सरकारी अधिकारी अहमद इब्राहिम मतानका अनुसार बन्दुकधारीले बिहानको नमाज पढिरहेका मानिसमाथि गोली चलाएका थिए।
बन्दुकधारी मोटरसाइकलमा सवार थिए र उनले आउने क्रममा बाटोमा पनि एक जनाको गोली हानी हत्या गरेका समाचारमा जनाइएको छ।
एक अन्य घटनामा छिमेकी क्याटसिना प्रान्तमा एक सरकारी अधिकारीलाई निवासमा गोली हानी हत्या गरिएको छ। राबे नासिर नामका यी अधिकारी विज्ञान र प्रविधी मामलाका राज्यका आयुक्त थिए।
यसै हप्ताको सुरुमा सोकोटो प्रान्तमा बन्दुकधारीले एक बसमा आक्रमण गर्दा २३ जनाको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।