काठमाडौं– मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ४६ प्रतिशत लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको शुक्रबार बिहान बसेको बैठकले ४० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।