काठमाडौं– मेक्सिकोमा भएको सवारी दुर्घटनामा कम्तिमा ५३ जनाको मृत्यु भएको छ।
सय जनाभन्दा बढी आप्रवासी बोकेको ट्रक बिहबिार राति दुर्घटनामा परेको बीबीसीले जनाएको छ।
दक्षिणी मेक्सिकोमा ट्रेलर र ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो।
ग्वाटेमालाको सिमानामा रहेको चियापास राज्यको नागरिक सुरक्षा सेवाले दुर्घटनामा कम्तीमा ४८ जना घाइते भएको बताएको छ, जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।