काठमाडौं– देशका अधिकांश स्थानमा आशिंक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, गण्डकी र बागमती प्रदेशमा आशिंक बदली रही अन्यत्र मौसम सफा रहने महाशाखाको भनाइ छ। पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रदेश १, गण्डकी र बागमतीका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ।
महाशाखाका अनुसार आज राति प्रदेश १, गण्डकी र बागमतीका केही भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
उच्च पहाडी भूभागमा हिमपात तथा तराईका भू–भागमा बिहानको समयमा हुस्सु र कुहिरो लाग्ने भएकाले चिसो बढ्ने महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।