काठमाडौं– भारत सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनलाई ध्यानमा राख्दै नियमित अन्तर्राष्ट्रिय उडान ३१ जनवरीसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ। यसअघि भारत सरकारले १५ डिसेम्बरदेखि सबै अन्तर्राष्ट्रिय उडान सुरु गर्ने बताएको थियो।
तर, नागरिक उड्डयन महानिर्देशनालयले कोरोना संक्रमणको जोखिम रहेको भन्दै ३१ जनवरीसम्मका लागि उडान स्थगन गर्ने जनाएको छ।
यो प्रतिबन्ध अन्तर्राष्ट्रिय कार्गो र नागरिक उड्डयन महानिर्देशनालयद्वारा स्वीकृत अन्तर्राष्ट्रिय उडानहरूको लागि लागू हुनेछैन।नागरिक उड्डयन महानिर्देशनालयले केही अन्तर्राष्ट्रिय व्यवसायिक उडानलाई विशेष परिस्थितिमा अनुमति दिन सकिने जनाएको छ।
भारतको ३० भन्दा बढी देशहरूसँग हवाई बबल सम्झौता पनि छ, जसअन्तर्गत धेरै देशहरूमा उडान जारी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।