काठमाडौं– प्रोफेसनल एडुकेसन कन्सल्टेन्सीको आयोजनामा खुला महिला थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबार हुने भएको छ।
प्रतियोगितामा १० टिमको सहभागिता रहने प्रतियोगिता संयोजक सुवास दर्शनले जनाएका छन्। सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ।
समूह ‘ए’ मा एसभी कलेज, रोयल ‘ए’, ललितपुर ‘ए’, जाक्की र ललितपुर ‘बी’ रहेका छन्। इनोभेटिभ टिम, रोयल ‘बी’, ललितपुर ‘सी’ तथा नेपाल प्रहरी क्लबको ‘ए’ र ‘बी’ समूह ‘बी’ मा छन्। समूह चरणको खेलमा शीर्ष २ स्थान हात पार्ने टिम सोझै सेमिफाइनलमा प्रवेश गर्ने छन्।
विजेतालाई २० हजार तथा उपविजेतालाई १० हजार नगद पुरस्कार प्रदान गरिने छ। ‘मोस्ट भेलुएबल प्लेयर’ लाई गिफ्ट ह्याम्पर दिइने छ।
एकदिने प्रतियोगिताका खेलहरु चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।