काठमाडौं- शुक्रबार उद्घाटन हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भारतका चार नेता सहभागी हुने भएका छन्।
बिहीबार नेपाली कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भारतीय जनता पार्टी रकंग्रेस आईसहितका चार जना नेता महाधिवेशनमा सहभागी हुन आउने जानकारी दिए।
कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा दिउँसो १ बजे उद्घाटन हुने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।