काठमाडौं- कांग्रेसको संस्थापन इतरबाट सभापतिका आकांक्षी शेखर कोइरालाले प्रतिस्पर्धाबाट आफू पछि नहट्ने बताएका छन्।
बिहीबार केन्द्रीय समिति बैठकपछि पार्टी कार्यालय सानेपामा कोइरालाले आफू प्रतिस्पर्धामा रहेको र पछि नहट्ने बताएका हुन्। 'आई एम स्टिल इन रेस' कोइरालाले कार्यकर्तासँग भने।
संस्थापन इतरबाट कोइरासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शशांक कोइराला सभापतिको दाबी गरिरहेका छन्।
आजसम्म इतरपक्षबाट साझा उम्मेदवार तय गर्ने भनिएको भए पनि नेताहरु आ-आफ्नो अडानमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।