• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

सिक्वेल फिल्म, तर नाम मात्रैका!

64x64
युवराज भट्टराई सोमबार, पुस ५, २०७८  ०७:००
1140x725

काठमाडौं– फिल्मको सिक्वेलबारे निर्देशक केपी पाठक भन्छन्, ‘एउटै फिल्ममा आफूले भन्न खोजेको कथा सकिएन भने अर्को भाग बनाएर भन्नु नै सिक्वेल हो।’

उनले भनेजस्तै साढे दुईदेखि तीन घण्टाको फिल्ममा नअटाएको कथा देखाउन दोस्रो वा त्यसभन्दा बढी भाग निमार्ण गरिनु नै सिक्वेल हो। तर, पछिल्लो समयमा नेपाली कलाक्षेत्रमा भने सिक्वेल नाम मात्रैको हुने गरेको छ। चलेका फिल्मको नामलाई प्रयोग गरेर फरक कथामा ‘सिक्वेल’ बनाउने क्रम बढेको छ। 

एक दशकदेखि निरन्तर बढ्न थालेको सिक्वेल निर्माण अहिले केही चलचित्रकर्मीहरु आफ्नो ‘मूल धन्धा’कै रुपमा लिएर हिँडेका छन्। तर, यसरी बनेका अधिकांश सिक्वेलहरूले व्यवसायिक र समीक्षात्मक रुपमा सफलता हात पारेका छैनन्।

दीपकराज गिरी र दीपाश्री निरौलाको समूहको ब्राण्ड बनेको फिल्म हो, ‘छक्का पञ्जा।’ टेलिसिरियलमा जमेको जोडीले टेलिभिजनमा चलेका कलाकारलाई लिएर फिल्म बनाएका थिए। उनीहरुले ‘वडा नम्बर ६’, ‘छ माया छपक्कै’ र ‘शत्रु गते’बाहेक ‘छक्का पञ्जा’कै नामबाटै फिल्म बनाइरहेका छन् र बिकिरहेका पनि छन्। चलेको फिल्मको नाम मात्रै प्रयोग गरिनु र अघिल्लो फिल्मको कथालाई निरन्तरता नदिनुले ‘छक्का पञ्जा’पछि आएका ‘छक्का पञ्जा २’, ‘छक्का पञ्जा ३’ नाम मात्रैका सिक्वेल भएको देखिन्छ। एउटै नामका पछिल्ला फिल्ममा पहिलो फिल्मको कथालाई कुनै पनि रूपमा जोड्न खोजिएको छैन।

२०६३ सालमा प्रदर्शनमा आएको फिल्म ‘पर्खी बसें’ले व्यापारिक रूपमा निकै सफलता हासिल गरेको थियो। त्योबेला नयाँ कथा नयाँ शैलीमा नै प्रस्तुत गर्दा निर्देशक दीपक सापकोटाले सफलता पाएका थिए। राजबल्लव कोइराला र युना उप्रेतीजस्ता नयाँ अनुहारलाई लिएर बनाइएको फिल्ममा निर्माताका लागि जोखिम थियो। तर, ‘म्युजिकल रोमान्स’ विधाको यो फिल्म सिनेमा हलमा सय दिनभन्दा धेरै प्रदर्शन भएको थियो।

‘पर्खी बसें’ प्रदर्शनमा आएको १५ वर्ष भइसकेको छ। दुई वर्षअघि यो फिल्मको सिक्वेल बन्ने घोषणा भएको थियो। अघिल्लो फिल्म बनाएकै कम्पनी ‘गोपीकृष्ण मुभिज’का तर्फबाट निकिता पौडेल र विनोद सापकोटाले ‘पर्खि बसें २’ बनाउने घोषणा गरेका थिए। यसको कथा लेखन र निर्देशन सौरभ चौधरीले गर्ने घोषणा भएको थियो।

रमित ढुंगानाले डेब्यू गरेको फिल्म ‘माया नमार’को पनि सिक्वेल बनाउने घोषणा ढुंगाना आफैंले गरेका छन्। उनले २०५८ मा उक्त फिल्ममार्फत डेब्यू गरेका थिए। सिक्वेलमा भने छोरा ओजस्वी ढुंगानालाई डेब्यू गराउने उनको घोषणा छ।

यी मात्रै त्यस्ता फिल्म होइनन्, जसको सिक्वेल डेढ वा दुई दशकपछि बनाउने घोषणा भएको हो। पुस २ गतेबाट प्रदर्शनमा आएको ‘चपली हाइट ३’ को पहिलो फिल्म २०६८ सालमा प्रदर्शनमा आएको थियो। त्यति बेला यो फिल्मले निकै चर्चा कमाएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

शिव रेग्मीको निर्देशनमा बनेको फिल्म ‘ए मेरो हजुर’को सिक्वेल १४ वर्षपछि निर्माण गरिएको थियो। रेग्मीकै लेखन रहेको ‘ए मेरो हजुर’ २०५८ मा प्रदर्शनमा आएको थियो। श्रीकृष्ण श्रेष्ठ र झरना थापा मुख्य भूमिकामा रहेको फिल्ममा गणेश उप्रेती, किरण केसी, सुशील पोखरेललगायतको अभिनय थियो। ‘ए मेरो हजुर’लाई सफल फिल्म मानिन्छ। श्रीकृष्ण र झरनाको अभिनयलाई दर्शकले निकै रुचाएका थिए। फिल्मलाई सुनिलकुमार थापाको लगानीमा बनेको थियो।

१४ वर्षपछि ‘ए मेरो हजुर’को सिक्वेल बन्यो। ‘ए मेरो हजुर २’मा साम्राज्ञी राज्यलक्ष्मी शाह र सलोन बस्नेतलाई मुख्य भूमिकामा राखेर झरना थापाले निर्देशन गरेकी थिइन्। अम्बर सुवेदी, सुमन पौडेल, अनुभव रेग्मी, बुद्धि तामाङलगायतको अभिनय थियो। हरिहर अधिकारीको कथा रहेको फिल्मलाई झरनाकै श्रीमान् सुनिलकुमार थापाले निर्माण गरेका थिए।

दोस्रो सिक्वेल भने व्यवसायिक रूपमा सफल हुन सकेन। त्यसपछि पनि झरनाले ‘ए मेरो हजुर’कै नाममा तेस्रो फिल्म बनाइन्। पहिलेकै ब्यानरमा बनाइएको ‘ए मेरो हजुर ३’मार्फत उनकी छोरी सुहानाले फिल्ममा डुब्यू गरिन्। मुख्य भूमिकामा अनमोल केसी, सलोन बस्नेतलगायत कलाकार थिए। दर्शकले रुचाए पनि यसलाई समीक्षकहरूले रुचाएनन्। यी फिल्ममा पुरानै नाम प्रयोग भए पनि पुरानो कथाको निरन्तरता भने छैन।

झरनाले ‘ए मेरो हजुर’लाई प्रयोग गरि चौथो फिल्मसमेत बनाएकी छिन्, जुन प्रदर्शनको प्रतीक्षामा छ। सुहाना र अनमोल नै प्रमुख भूमिकामा रहेको ‘ए मेरो हजुर ४’ आगामी चैत्र २५ गतेबाट प्रदर्शन हुने भनिएको छ। 

Xtrem

Xtrem

रामबाबु गुरुङको निर्देशनबाट सुरु भएको ‘कबड्डी’ फिल्मको चौँथो सिक्वेल अहिले छायांकन भइरहेको छ। त्यस्तै, ‘चपली हाइट’, ‘जात्रा’, ‘नाइ नभन्नु ल’, ‘होस्टेल’, ‘दपर्ण छायाँ’, ‘लुट’, ‘प्रेम गीत’, ‘सायद’जस्ता कैयौं नेपाली फिल्महरूको सिक्वेल बनेका छन्। तर, अधिकांशमा पुरानो कथाको निरन्तरता छैन।

निर्माता/निर्देशकका लागि ‘सेफ जोन’
दशकभन्दा अघि प्रदर्शनमा आएका फिल्मको सिक्वेल किन बनाउन मरिहत्ते गरिरहेका छन् त निर्माता/निर्देशकहरु? यो पाटो फिल्मको कमाइसँग जोडिने निर्देशक पाठक बताउँछन्।

जति पनि सिक्वेल बनेका छन्, ती नामका पहिलो फिल्म आफ्नो समयमा प्रायः चलेका थिए। त्यति बेला ‘हिट’ भएका फिल्मको नाममा फरक कथामा फिल्म बनाउनु सिक्वेल नभए पनि निर्माता/निर्देशकले लगानी सुरक्षित गर्ने जुक्ति भएको निर्देशक पाठक बताउँछन्। उनी भन्छन्, ‘अहिले फरक कथा हुँदा पुरानै नाममा फिल्म बनाउन किन आवश्यक हुन्थ्यो? नयाँ कथामा नयाँ नाम हुनुपर्ने हो। तर, पुरानो चलेको फिल्मको नामकै कारण पनि दर्शक नयाँ फिल्म हेर्न आउने र आम्दानी गर्ने भन्ने उद्देश्य देखिन्छ।’

चलचित्रकर्मी आफूमा आत्मविश्वास नहुँदा चलेको फिल्मको नामलाई लिएर फरक कथामा फिल्म निर्माण भइरहेको पाठकको भनाइ छ। चलेको फिल्मको ‘नाम’मा फिल्म बनाउँदा दर्शकलाई पनि सिलेमा हलसम्म पुग्न सहजता सिर्जना हुने उनी बताउँछन्। ‘सबै फिल्मको सिक्वेल बन्दैन,’ पाठक भन्छन्, ‘जुन फिल्म चलेको हुन्छ, त्यसैको मात्र सिक्वेल बन्छ। यो भनेको व्यावसायिक आशा र फिल्मकर्मी आफूमा आत्मविश्वासको कमि हो। यो नितान्त व्यावसायिक पाटो मात्रै हो।’

पाठक आफूले हेरेका ‘सिक्वेल’ भनिएका नेपाली फिल्म वास्तवमा ‘सिक्वेल’ नै नभएको बताउँछन्। ‘सिक्वेल’का नाममा आएका फिल्मका कथा नै फरक भएकाले नयाँ नाम दिन मिल्ने खालका भएको उनको भनाइ छ। नयाँ शैलीमा नयाँ फिल्म बनाइरहेका निर्माता/निर्देशकहरु भने ‘नाम मात्रैका सिक्वेल’का कारण मारमा परेको उनको भनाइ छ। उनी भन्छन्, ‘दर्शकले फिल्म हेर्न जाँदा चलेको नामकै सिक्वेल हो भन्ने सुनेर जान्छन्। यसले नयाँ सिर्जनालाई दर्शकसम्म पुग्ने माहोल नै निर्माण हुन दिदैंन।’

निर्देशक दिपेन्द्र लामा फिल्मको कथाले मागेमा सिक्वेल बनाउन कुनै आपत्ति नहुने बताउँछन्। फिल्मको कथाले माग्दा संसारभरि नै सिक्वेल निर्माण भइरहेको उनको भनाइ छ। अन्तराष्ट्रिय रुपमा ख्याति प्राप्त निर्देशक फ्रेन्सिस फोर्ड कप्पोलाको ‘द गडफादर’, भारतीय निर्देशक सत्यजित रायको ‘पाथेर पञ्चाली’ अन्तर्गतका तीन फिल्मको ‘ट्रियोलोजी’ सिक्वेल नै भएको र सफल पनि भएको उनी बताउँछन्। 

‘सिक्वेल बनाउनु नराम्रो होइन,’ लामा भन्छन्, ‘तर, विदेशमा सिक्वेल बनाउँदा हरेकको एउटा अर्थ हुन्छ। कथाको निरन्तरता हुन्छ, जुन कथाले नै मागेको हुन्छ। तर, हाम्रोमा पुरानो नामलाई प्रयोग गरेर कथा पनि नमिल्ने र पुरानोसँग नजोडिने गरी बनेको हुन्छ।’ ‘ए मेरो हजुर’ सिरिजका फिल्ममा कथालाई निरन्तरता दिने वा कथा मिल्ने कुनै पनि विशेषता नभएको उनी बताउँछन्। त्यस्तै ‘नाइ नभन्नु ल’ सिरिजमा पनि कथाको निरन्तरता नभएको उनको भनाइ छ। 

कथा अलग हुँदा नाम पनि फरक हुनुपर्ने लामा बताउँछन्। तर, बजारमा बिकाउनका लागि उही नाममा फिल्म बनिरहेको उनको भनाइ छ। ‘कथा राम्रो भएपछि जस्तै नाममा पनि दर्शक आउँछन्। नामको सिक्वेल हुँदैमा दर्शक आउने हुँदैन,’ उनी भन्छन्। सिक्वेलका नाममा बनेको कतिपयपय नेपाली फिल्म असफल नै भएको उनी बताउँछन्। 

‘नाइ नभन्नु ल ४’, ‘लुट २’, ‘सायद २’, ‘दपर्ण छाया २’ असफल भएको निर्देशक लामाको भनाइ छ। निरन्तर सिक्वेल बन्नुको कारण निर्देशक/निर्माताले फिल्मलाई कलाको रूपमा नभएर बजार र व्यवसायिक रूपमा बुझ्नु नै मुख्य कारण रहेको उनी बताउँछन्। ‘सिक्वेलको नाम झुण्डाउँदा दर्शक धेरै आउँछ भन्ने भ्रम छ,’ लामा भन्छन्, ‘अर्को त फिल्मलाई कला नभएर व्यवसायको रुपमा लिने चलन छ। यो कारण पनि फिल्मको सिक्वेल भन्दै ब्राण्ड र नामको पछि लागिएको छ। फिल्मको भित्री कुरामा ध्यान नदिएर बक्स अफिसमा ध्यान दिएपछि बन्ने यस्तै सिक्वेल नै हुन्।’

वास्तवमै बनेका यी सिक्वेलहरू
केही फिल्मका भने वास्तवमै सिक्वेल पनि बनेका छन्। ‘लुट’ र ‘जात्रा’ पछि बनेका ‘लुट २’ र ‘जात्रै जात्रा’ अघिल्ला फिल्मका वास्तविक सिक्वेल हुन्।

निश्चल बस्नेतको लेखन तथा निर्देशनमा बनेको र २०६८ सालमा प्रदर्शनमा आएको फिल्म ‘लुट’ले कथाको प्रस्तुतिमा नयाँ शैली दिएको थियो। यसलाई निपाली फिल्मकै ‘टर्निङ पोइन्ट’ मानिन्छ। सौगात मल्ल, दयाहाङ राई, कर्मा शाक्य, प्रवीण खतिवडालगायत कलाकारको मुख्य भूमिका रहेको फिल्मले व्यावसायिक रुपमा सफलता पाएको थियो। समीक्षकहरूले पनि राम्रो मूल्यांकन गरेका थिए। फिल्ममा नयाँ कथा र नयाँ अनुहारलाई प्रवेश गराउन ‘लुट’ले अहम् भूमिका खेलेको थियो।

‘लुट’को अन्त्य फिल्मको पात्र हाकु काले (सौगात मल्ल अभिनित)ले आफ्ना चार साथीलाई धोका दिएर बैंक लुटेको घटनामा सकिएको थियो। सोही कथालाई निरन्तरता दिँदै बनेको ‘लुट २’ २०७३ फागुनमा प्रदर्शनमा आएको थियो। ‘लुट’मा अन्त्य भएकै कथाबाट ‘लुट २’को सुरुवात हुन्छ। हाकु कालेको छलकपटका कारण जेल पुगेका नरेश, खत्री, गोले र पाण्डेले बदला लिन खोजेको घटनामा सिक्वेल बनाइएको छ।

२०७३ कात्तिकमा प्रदर्शनमा आएको फिल्म ‘जात्रा’माथि बनेको सिक्वेल ‘जात्रै जात्रा’ले पनि अघिल्लो फिल्मको कथालाई निरन्तरता दिएको छ। ‘जात्रै जात्रा’ २०७६ जेठमा प्रदर्शनमा आएको थियो। दुवै फिल्मको निर्देशन प्रदीप भट्टराईले गरेका थिए।

पहिलो फिल्ममा फडिन्द्र तिम्सिना (विपिन कार्की) र उसका दुई साथी जयस (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा)ले बैंकबाट अरु कसैले लुटेको तीन करोड रुपैयाँ भेटेको घटनालाई दखाइएको छ। भेटिएको पैसाका कारण उनीहरु तीनै जना जेल पुग्छन्। यही फिल्मको सिक्वेलको रुपमा आएको ‘जात्रै जात्रा’मा उनीहरु निर्दोष भएकाले जेलबाट छुटेका हुन्छन्। 

सिक्वेलमा फेरि एक पटक उनीहरुको ‘भाग्य’ चम्किन्छ। करोडौं मूल्यको सुन उनीहरुको हातमा लाग्छ। आफूले भेटेको सुनलाई उनीहरुले आफ्नो बनाउन सक्छन् वा पहिलो फिल्ममा जस्तै ‘हात लाग्यो शून्य’को स्थितिमा पुग्छन् भन्ने नै सिक्वेलको विषय हो।

प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्