काठमाडौं- १४ औं महाधिवेशन उद्घाटन अघि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बसिरहेको छ।
बिहीबार निर्धारित समय साढे ११ बजेभन्दा डेढ घण्टा ढिला गरि सुरु भएको बैठक पार्टी कार्यालय सानेपाको छतमा बसिरहेको छ।
महाधिवेशनबाट नयाँ कार्यसमिति आउनु अघिको अन्तिम केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंह उपस्थित भएका छैनन्।
बैठकमा देउवाले सहमहामन्त्री थप गर्ने प्रस्ताव लैजाने खबर पठाएपछि वरिष्ठ नेता पौडेल बैठकमा सहभागी नभएका हुन्।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।