काठमाडौं- संस्थापन इतरबाट सभापतिका आकांक्षी प्रकाशमान सिंहले आफ्नो नाममा सहमति खोज्न नेताहरुलाई आग्रह गरेका छन्।
बिहीबार दिउँसो नेता सिंहको निवास चाक्सीबारी पुगेका इतरपक्षका नेताहरु अर्जुननरसिंह केसी, महेश आचार्य र बलबहादुर केसीसँग उनले आफ्ना नाममा सहमति खोज्न भनेका हुन्।
संस्थापन इतरबाट साझा उम्मेदवारी टुंगो लागउन भन्दै नेताहरुले सिंहलाई सहमति भएमा त्याग गर्न आग्रह गरेका थिए।
सहमतिमा साझा उम्मेदवार बनाउन सके मात्र सभापतिको प्रवल दावेदार हुन सकिने अन्यथा वर्तमान सभापति शेरबहादुर देउवाकै लागि सहज हुने भएकाले मिल्नुको विकल्प नरहेको नेताहरुले सिंहलाई भनेका थिए। साझा उम्मेदवारका लागि त्याग गर्नुपर्ने अवस्था बने त्यसलाई स्वीकार गर्नुपर्ने नेताहरुले बताएपछि सिंहले आफ्ना नाममा सहमति खोज्न भनेका हुन्।
हालसम्म इतर पक्षबाट सिंहसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला र शशांका कोइरालाले सभापतिमा दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।