काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ। बिहीबार निर्धारित समय साढे ११ बजेभन्दा डेढ घण्टा ढिला गरी बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको हो।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता प्रकाशमान सिंह उपस्थित छैनन्। सभापति शेरबहादुर देउवाले सहमहामन्त्री थप गर्ने प्रस्ताव बैठकमा लैजाने बारे पौडेललाई जानकारी गराएपछि त्यसको विरोध गर्दै उनी बैठकमा अनुपस्थित भएका हुन्।
कांग्रेसको भोलि महाधिवेशन उद्घाटन हुँदै छ। त्यसअघि सहमहान्त्री थप गर्न लागिएको भन्दै पौडेलले असन्तुष्टि जनाएका हुन्।
बैठकमा नेता प्रकाशमान सिंह पनि अनुपस्थित भएका छन्। सिंहले आजै नेताहरु अर्जुननरसिंह केसी, महेश आचार्य र बलबहादुर केसीसँग छलफल गरेका थिए। केही बेरअघि उक्त बैठक सकिएको छ।
कांग्रेसमा आठ जना सहमहामन्त्रीको व्यवस्था रहेको भएपनि खुलातर्फ एक जना पनि नभएकाले दुई जना खुलातर्फ सहमहामन्त्री थप गर्न प्रस्ताव गर्ने तयारी देउवाले गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।