काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा एकताबद्ध कांग्रेस बनाएर आगामी निर्वाचन जित्नुपर्ने बताएका छन्।
आफ्नै पुस्तक ‘नेपाली कांग्रेस एन्ड नेसन बिल्डिङ’ को विमोचन कार्यक्रममा उनले देउवाकै नेतृत्वमा कांग्रेस एकताबद्ध बनाए मात्रै निर्वाचन जित्न सकिने दाबी गरे। ‘सभापतिले पार्टीलाई एकताबद्ध बनाएर लग्नुभएको छ,’ उनले भने, ‘कतिपय मतान्तरलाई सम्बोधन गरेर सहमति गराएर लैजान सकेकाले नै पार्टी एकताबद्ध छ।’
अरु पार्टीमा त्यसखालको नेतृत्व नभएको विभाजित भएको महतको भनाइ छ। ‘नेपाली कांग्रेस एक छ,’ उनले भने, ‘काग्रेसलाई एकताको सूत्रमा बाध्ने सभापतिको क्षमतालाई उपयोग गरेर आगामी निर्वाचन जित्नु छ। त्यसका लागि उहाँको नेतृत्वको आवश्यकता अहिले पनि महसुस गरेका छौं।’
नेपालको आर्थिक सामाजिक रुपान्तरण गर्न आर्थिक समृद्धि सृजना गरेर समाजवादमा पुग्ने लक्ष्य राख्नुपर्ने महतले बताए।लाकतान्त्रिक मूल्य मान्यताको आधारशिला तय गरेमात्र समाजवादमा पुग्न सकिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।