काठमाडौं- नेपाली कांग्रेसको संस्थापनइतरका केन्द्रीय सदस्यको बैठक सकिएको छ।
बिहीबार विहान बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको संस्थापन इतरका केन्द्रीय सदस्यहरुको बैठक सकिएको हो।
आफूहरुको पक्षबाट एकल उम्मेदवार तय हुन्छ भन्दै नेताहरु बैठकबाट निस्किएका छन्। संस्थापन इतरले केही दिन यता साझा उम्मेदवार तय गर्ने प्रयास जारी राखेको छ। मंगलबार र बुधबार लगातार छलफल गरेपनि आकांक्षीहरुबीच सहमति जुट्न नसक्दा साझा उम्मेदवार तय हुन सकेको छैन।
वरिष्ठ नेता रामचन्द्र पौडैलसहित शेखर कोइराला, प्रकाशमान सिंह र शशांक कोइराला इतरपक्षबाट सभापतिका आकांक्षी रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।