काठमाडौं– देशका अधिकांश स्थानमा आशिंक बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ को पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।
प्रदेश १ को भू–भागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ। प्रदेश १ को पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको छ।
महाशाखाका अनुसार आज राति प्रदेश १ र प्रदेश २ का भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
उच्च पहाडी भूभागमा हिमपात तथा तराईका भू–भागमा बिहानको समयमा हुस्सु र कुहिरो लाग्ने भएकाले चिसो बढ्ने महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।