काठमाडौं- इराकी अधिकारीहरूले इस्लामिक राज्य इराक र लेभान्ट (आईएसआईएल) समूहका १०० लडाकुलाई स्वदेश फिर्ता गरेका छन्।
उत्तरपूर्वी सिरियामा कुर्दिश सेनाले नियन्त्रणमा लिएका उनीहरुलाई बुधबार बिहान फिर्ता गरिएको हो।
'सिरियामा कुर्द र अरब लडाकुहरूको गठबन्धन सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ) ले नियन्त्रणमा लिएका १०० आतङ्ककारीलाई आज बिहान हामीले जम्मा गरेका थियौं,' जनरल अब्दुल अमिर अल-शमारीले बुधबार भने।
उत्तरपूर्वी सिरियाको ठूलो भागलाई सिरियाली कुर्द प्रशासनले नियन्त्रण गरेको छ। कहिलेकाहीँ सिरियाको जेल वा शिविरहरूमा कुर्दिश सेनाले आईएसआईएलका लडाकुहरू वा तिनीहरूका परिवारहरूलाई नियन्त्रणमा लिएर राख्ने गरेका छन्।
२०१९ मा, एसडीएफले बगदादमा करिब ९०० इराकीहरूलाई नियन्त्रणमा लिएका थिए, जसमध्ये अधिकांश सिरियाको अन्तिम आईएसआईको गढबाट भाग्ने प्रयास गर्दा पक्राउ परेका थिए। पछि उनीहरुलाई रिहा गरिएको थियो।
आईएसआईले २०१४ मा इराक र सिरियाको ठूलो भूभाग कब्जा गरेको थियो, तर २०१७ को अन्तमा इराकले सबै शहरी क्षेत्र फिर्ता लियो। मार्च २०१९ सम्म, आईएसआईएलले सिरियामा आफ्ना सबै किल्लाहरू गुमाएको थियो।
संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार आईएसआईएलका लागि लडेको आशंकामा करिब १,६०० इराकीहरू अझै पनि एसडीएफको हिरासतमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।