• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष
इतिहासमा कांग्रेस–१८

जब सभापति बन्ने देउवाको २०५७ सालदेखिको धोको पूरा भो

64x64
किशोर दहाल बुधबार, मंसिर २२, २०७८  २१:०९
1140x725

काठमाडौं– नेपाली कांग्रेसले १४औं महाधिवेशन निकै ढिलो गरी गर्दैछ। पटक–पटक घोषणा गर्दै र सार्दै आएको यो महाधिवेशन गर्न कांग्रेसले संविधानले दिएको अन्तिम सुविधा पनि प्रयोग गर्योघ। १४औं महाधिवेशन जस्तै कांग्रेसको १३औं महाधिवेशन पनि संविधानले दिएको अन्तिम सुविधाको प्रयोग गर्दै आयोजना भएको थियो। १२औं महाधिवेशन २०६२ असोज १-५ मा भएको थियो। 

अन्तरिम संविधान, २०६३ मा रहेको पाँच वर्षभित्र पार्टीको महाधिवेशन भइसक्नुपर्ने प्रावधानअनुसार कांग्रेसको १३औं महाधिवेशन २०७२ असोजको सुरुवातमै भइसक्नुपर्थ्यो। तर, त्यतिबेला संविधान लेखनको चटारोले कांग्रेसले महाधिवेशनतिर ध्यान दिन सम्भव नै थिएन। अन्तरिम संविधानमा अन्य विकल्प पनि थिएन। पार्टीको वैधानिकता जोगाउन कांग्रेसले अन्तरिम संविधान संशोधनको लागि छलफल पनि चलाएको थियो। तर, २०७२ असोज ३ गते संविधान जारी भयो। नयाँ संविधानले ६ महिना थप सुविधा दिएपछि उसले सोही वर्ष फागुन २० देखि २३ गतेसम्म १३औं महाधिवेशन आयोजना गर्योम।

संविधान सभाको दोस्रो निर्वाचनमा सबैभन्दा ठूल दल भएको र आफ्नै पार्टीको नेतृत्वको सरकार हुँदा संविधान जारी भएको परिदृश्यमा कांग्रेसको महाधिवेशन भएको थियो। तर, कांग्रेस सभापति र प्रधानमन्त्रीका रुपमा संविधान निर्माणको राजनीतिक नेतृत्व गरेका सुशील कोइरालाको भने २०७२ माघ २६ गते नै निधन भइसकेको थियो। त्यसपछि पार्टीको नेतृत्व महाधिवेशन हुञ्जेलसम्म कार्यवाहक सभापतिको रुपमा रामचन्द्र पौडेलले गरेका थिए।

महाधिवेशनको दोस्रो दिन फागुन २१ गते विधान संशोधन प्रस्ताव पारित भयो। यसअघि १४ अञ्चलबाट एक-एक जना केन्द्रीय समितिमा निर्वाचित हुने विधानको प्रावधानलाई परिवर्तन गरी प्रत्येक प्रदेशबाट दुई-दुई जना निर्वाचित हुने व्यवस्था गरियो। २१ गते नै नीति तथा कार्यक्रम, सांगठनिक र आर्थिक प्रतिवेदन पेस भएका थिए। ती सबै प्रतिवेदन २२ गतेको बन्दसत्रले पारित गर्यो ।

कांग्रेस नेतृत्वमा जारी भएको संविधानको कार्यान्वयनलाई राजनीतिक प्रस्तावमा जोड दिइएको थियो। संविधान निर्माण पश्चात् मुख्य चुनौती भनेको यसको कार्यान्वयन पक्ष भएको भन्दै प्रतिवेदनमा राजनीतिक दृढता, सुझबुझ र सन्तुलित  सोचको आवश्यकता औंल्याइएको थियो। संविधान अस्वीकार गरेका मधेस केन्द्रित दलको नेतृत्वमा त्यतिबेला तराईं/मधेस क्षेत्र आन्दोलित थियो। कांग्रेसको प्रतिवेदनमा त्यसलाई पनि सम्बोधन गरिएको थियो। ‘नयाँ संविधान जारी भएपछि तराईं मधेसका मुद्दाहरूलाई संविधानको पहिलो संशोधन मार्फत केही हदसम्म सम्बोधन गरिएता पनि सीमाङ्कन लगायतका कतिपय विषयहरूलाई सम्बोधन गर्न तराई मधेशका जनताको भावनाको कदर गर्दै संविधानलाई सर्वस्वीकार्य बनाउनका लागि संविधानमा आवश्यक संशोधन र परिमार्जन गर्ने नीति नेपाली कांग्रेसले लिनेछ’, प्रतिवेदनमा भनिएको थियो।

यस महाधिवेशनमा पनि प्यानल बनाएरै नेतृत्वको लागि निर्वाचन भएको थियो। एक सभापतिका लागि रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला प्रतिस्पर्धी भएका थिए। त्यस्तै, एक जना महामन्त्रीका लागि शशांक कोइराला, अर्जुन नरसिंह केसी र गगन थापा प्रतिस्पर्धी बनेका थिए। त्यस्तै, कोषाध्यक्षमा सीतादेवी यादव, चित्रलेखा यादव, उमाकान्त चौधरी र कृष्ण कार्की प्रतिस्पर्धी बनेका थिए। ६४ पदका लागि फागुन २३ गते भएको निर्वाचनमा ३१२ जना प्रतिस्पर्धी थिए। मत दिन र गणना गर्न सहजताका लागि सभापति, अन्य पदाधिकारी, खुलातर्फका केन्द्रीय सदस्य, प्रदेश तर्फका केन्द्रीय सदस्य, समावेशीका पाँच समूहका गरी नौवटा मतपत्रमा मत दिने व्यवस्था गरिएको थियो।

२३ गते भएको निर्वाचनमा सभापतिका तीनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत पाउन सकेनन्। पहिलो चरणको निर्वाचनमा देउवाले १५६४ मत पाए। उनलाई बहुमतका लागि ११ मत कम भयो। दोस्रो भएका पौडेलले ११६० र तेस्रो भएका सिटौलाले ३२४ मत पाए। दोस्रो चरणमा देउवा र पौडेलबीच प्रतिस्पर्धा भयो। सिटौलाले विज्ञप्ति निकालेर स्वतन्त्र रुपमा मतदान गर्न प्रतिनिधिहरुलाई आह्वान गरेका भए पनि भित्री रुपमा देउवालाई सघाए। मतदानअघि उनले दुईवटा विज्ञप्ति जारी गरेका थिए।

फागुन २४ गते सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनमा ३१६१ मतदातामध्ये ३१४० मत खसेको थियो। त्यसमध्ये २२ मत बदर भएको थियो। जसमध्ये देउवाले १८२२ मत पाए। पौडेलले भने १२९६ मत पाए।

Ncell 2
Ncell 2
nimb
nimb

यसरी २०५७ सालदेखि कांग्रेस सभापतिका लागि उम्मेदवार बन्दै आएका देउवाको सभापति बन्ने धोको १५ वर्षपछि आएर पूरा भयो।

महामन्त्रीमा शशांक कोइराला र कोषाध्यक्षमा सीतादेवी यादव विजयी भए। उनीहरुले क्रमशः १४१७ र १२१७ मत पाए। महामन्त्रीका अन्य दुई उम्मेदवार अर्जुननरसिंह केसी र गगन थापाले क्रमश १०१७ र ५८४ मत पाए। त्यस्तै, कोषाध्यक्षका अन्य उम्मेदवारहरु चित्रलेखा यादव, उमाकान्त चौधरी र कृष्ण कार्कीले क्रमशः १२०९, ४५७ र ६६ मत पाए। 

केन्द्रीय सदस्यमा खुलातर्फबाट (२५ जना) शेखर कोइराला, खुमबहादुर खड्का, प्रकाशमान सिंह, कुलबहादुर गुरुङ, प्रदीप गिरि, प्रदीप पौडेल, बालकृष्ण खाण, धनराज गुरुङ, रमेश लेखक, पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, बलबहादुर केसी, महेश आचार्य, विश्वप्रकाश शर्मा, सुजाता कोइराला, रामशरण महत, एनपी साउँद, शंकर भण्डारी, ज्ञानेन्द्र कार्की, गोपालमान श्रेष्ठ, चन्द्र भण्डारी, प्रकाशशरण महत, बद्री पाण्डे, नारायण खड्का र मीनेन्द्र रिजाल निर्वाचित भए।

केन्द्रीय सदस्यमा प्रदेशतर्फबाट (१४ जना) गुरुराज घिमिरे, भिष्म आङ्दम्बे, रमेश रिजाल, आनन्द ढुंगाना, मोहन बस्नेत, नवीन्द्र राज जोशी, सुरेन्द्र पाण्डे, गोविन्द भट्टराई, देवेन्द्र कँडेल, दीपक गिरी, जीवनबहादुर शाही, हृदयराम थानी, दिलेन्द्र बडु र वीरबहादुर बलायर निर्वाचित भए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यस्तै, केन्द्रीय सदस्यमा महिलातर्फबाट (६ जना) डिला संग्रौला, पुष्पा भुसाल, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, कमला पन्त र सरिता प्रसाईं निर्वाचित भए। दलिततर्फबाट (२ महिलासहित ५ जना) मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, जीवन परियार, सुजाता परियार, लक्ष्मी परियार निर्वाचित भए। मधेसीतर्फबाट (२ महिलासहित ५ जना) अजय चौरसिया, महेन्द्र यादव, पार्वती डिसी चौधरी, रामकृष्ण यादव र किरणदेवी यादव निर्वाचित भए। आदिवासी जनजाति तर्फबाट (२ महिलासहित ५ जना) बहादुरसिंह लामा, सीता गुरुङ, चीनकाजी श्रेष्ठ, कल्याण गुरुङ र रत्ना शेरचन निर्वाचित भए। मुस्लिम तर्फबाट (१ जना) फरमुल्ला मन्सुर निर्वाचित भए।

यो पनि पढ्नुहोस्

बाह्रौं महाधिवेशन : कृष्णप्रसाद भट्टराईले कांग्रेसलाई ‘निरर्थक र नक्कली’ पार्टी भनेपछिमंगलबार, मंसिर २१, २०७८


 

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  २१:०९
  • #नेपाली_कांग्रेस
  • #कांग्रेस_१४औं_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्