• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर ७, २०८२ Sun, Nov 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
इतिहासमा कांग्रेस-१७

सन्दर्भ भट्टराईको जन्मजयन्ती : बाह्रौं महाधिवेशनमा कृष्णप्रसाद भट्टराईले कांग्रेसलाई ‘निरर्थक र नक्कली’ पार्टी भनेपछि

64x64
नेपाल लाइभ सोमबार, पुस ८, २०८१  ०८:०७
1140x725

एघारौं र बाह्रौं महाधिवेशनको बीचमा नेपाली कांग्रेस र समग्र राजनीतिले नै महत्त्वपूर्ण परिघटनाहरु बेहोर्‍यो। २०५९ सालमा शेरबहादुर देउवाले पार्टी विभाजन गर्दै गठन गरेको नेपाली कांग्रेस (प्रजातान्त्रिक) २०६४ असोज ७ गते पुनः नेपाली कांग्रेसमै मिसियो। त्यहीबेला तत्कालीन राजा ज्ञानेन्द्रको ‘शाही कू’ विरुद्ध उठेको आन्दोलनले जनआन्दोलनकै रुप लियो र २०६२/६३ सालको जनआन्दोलन सफल भयो। माओवादी शान्ति प्रक्रियामा आयो। संविधानसभाको निर्वाचन भयो।

संविधानसभा निर्वाचनको नतिजा कांग्रेसका लागि अकल्पनीय थियो। त्यहीबीचमा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निधन भयो। कोइरालाको निधन भएपछि सुशील कोइरालाले कार्यवाहक सभापतिको जिम्मेवारी निर्वाह गरिरहेका थिए।

यही अवस्थाबीच कांग्रेसको बाह्रौं महाधिवेशन २०६७ असोज १ देखि ५ गतेसम्म काठमाडौंमा सम्पन्न भयो। पूर्वसभापति कृष्णप्रसाद भट्टराईलाई पनि कांग्रेस महाधिवेशनमा सहभागिताका लागि चिठी पठाइएको थियो। तर, उनले सहभागी हुन अस्वीकार गरे। कांग्रेसको गणतान्त्रिक नीतिबाट असन्तुष्ट रहेका र केही वर्षयता निष्क्रिय रहेका उनले भदौ ३१ मा कार्यवाहक सभापति सुशील कोइरालालाई पत्र लेख्दै कांग्रेस जस्तो 'निरर्थक र नक्कली संस्थामा उपस्थित हुनु बेकार सम्झिएको' बताए। ‘परम आदरणीय एवम् हाम्रो नेपाली समाज कायम रहेसम्म जीवित रहने खालको व्यक्तित्व रहेका नेताद्वय बीपी एवं गणेशमान सिंहजीलाई पनि बिर्सिइसकेको संस्था आजको तथाकथित गणतान्त्रिक कांग्रेसको निमन्त्रणा प्राप्त भएकोमा धन्यवाद दिँदै म यस्तो निरर्थक र नक्कली संस्थामा उपस्थित हुनु बेकार सम्झी सो को जनाउ तपाईंलाई दिन चाहन्छु- यही पत्रद्वारा,' भट्टराईको पत्रमा उल्लेख छ।

महाधिवेशनको उद्घाटनसत्र असोज १ गते खुलामञ्चमा सम्पन्न भएको थियो। भोलिपल्ट भृकुटीमण्डपमा बन्दसत्र सुरु भएको थियो। असोज ५ गते नयाँ नेतृत्वका लागि प्रज्ञा प्रतिष्ठानमा निर्वाचन भएको थियो। बन्दसत्रमा महामन्त्री विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। त्यस्तै, वरिष्ठ नेता शेरबहादुर देउवाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए, जुन असोज ४ गते पारित भएको थियो।

‘पार्टी विभाजनको सम्पूर्ण पीडा र प्रभावलाई बिर्साउँदै तथा २०६४ असोजमा भएको नेपाली कांग्रेसको एकतालाई अझ सुदृढ बनाउने अभिभारा पनि बाह्रौं महाधिवेशनको काँधमा छ। यसका साथै संविधानसभा निर्वाचनमा पार्टीले बेहोर्नुपरेको अनपेक्षित परिणामको गम्भीर मूल्याङ्‍कन गर्दै पार्टीको नीति, नेतृत्व र संगठन संरचनामा ल्याउनुपर्ने नयाँ परिवर्तन र परिमार्जनको विषय पनि बाह्रौं महाधिवेशनको गम्भीर छलफलको विषय हो,’ १२औं महाधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रममा भनिएको छ।

Ncell 2
Ncell 2

बाह्रौं महाधिवेशनमा पदाधिकारीका तीनबाहेक केन्द्रीय कार्यसमितिका ६१ सदस्यको लागि निर्वाचन भयो। जसअनुसार, खुलाबाट २५, अञ्चलबाट १४, महिलाबाट ६, दलितबाट २ महिलासहित ५, मधेसीबाट २ महिलासहित ५, आदिवासी जनजातिबाट २ महिलासहित ५ र मुस्लिमबाट १ जनाका लागि निर्वाचन भएको थियो। त्यस अतिरिक्त सभापतिले एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री, २१ केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था भयो। २१ जनामा पनि महिला, मधेसी, आदिवासी जनजाति, दलित र मुस्लिम एक-एक जना र अन्य १६ जना मनोनीत गर्ने व्यवस्था थियो।

यस महाधिवेशनमा सभापतिमा सुशील कोइराला, शेरबहादुर देउवा र भीमबहादुर तामाङ प्रत्यासी थिए। कोइरालाको प्यानलमा महामन्त्री प्रकाशमान सिंह र कोषाध्यक्षमा पद्मनारायण चौधरी उम्मेदवार थिए। देउवाको प्यानलबाट महामन्त्रीमा विमलेन्द्र निधि र कोषाध्यक्षमा चित्रलेखा यादव उम्मेदवार भएका थिए। तेस्रो धार भन्दै सभापतिमा भीमबहादुर तामाङ र महामन्त्रीमा नरहरि आचार्यले उम्मेदवारी दिएका थिए। कोइराला र देउवाले सदस्यसम्मै प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए।

महाधिवेशनमा मत दिन र गणना गर्न सहजताका लागि सभापति, अन्य पदाधिकारी, खुलातर्फका केन्द्रीय सदस्य, अञ्चलतर्फका केन्द्रीय सदस्य, समावेशीका पाँच समूहका गरी नौवटा मतपत्रमा मत दिने व्यवस्था गरिएको थियो। सभापतिको निर्वाचनमा कुनै उम्मेदवारले ५० प्रतिशत मत नकटाएमा पहिलो र दोस्रो उम्मेदवारका लागि पुनः मतदान गर्ने प्रावधान भए पनि त्यस्तो अवस्था आएन। कोइराला पहिलो चरणमै विजयी भए। उनले १६५२ मत पाए। त्यस्तै, देउवाले १३१७ र तामाङले ७८ मत पाए। कूल तीन हजार ८८ मध्ये तीन हजार ६२ मतमात्रै खसेको थियो। मतदानमा २६ जना अनुपस्थित थिए। १५ मत बदर भएका थिए। महामन्त्रीमा प्रकाशमान सिंह र कोषाध्यक्षमा चित्रलेखा यादव निर्वाचित भए।

केन्द्रीय सदस्यमा खुलातर्फबाट (२५ जना) गगन थापा, अर्जुननरसिंह केसी, खुमबहादुर खडका, शशांक कोइराला, प्रदीप गिरि, सुजाता कोइराला, रामचन्द्र पौडेल, रामशरण महत, बालकृष्ण खाण, एनपी साउद, शेखर कोइराला, महेश आचार्य, मिनेन्द्र रिजाल, प्रकाशशरण महत, कृष्ण सिटौला, चन्द्र भण्डारी, नारायण खड्का, बलबहादुर केसी, गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्का, शंकर भण्डारी, कुलबहादुर गुरुङ, मनमोहन भट्टराई, ज्ञानेन्द्रबहादुर कार्की, दीपकुमार उपाध्याय निर्वाचित भए।

केन्द्रीय सदस्यमा अञ्चलतर्फबाट (१४ जना) नरेन्द्र नेम्वाङ, आमोदप्रसाद उपाध्याय, रामकुमार चौधरी, आनन्द ढुंगाना, नवीन्द्रराज जोशी, रमेश रिजाल, सुरेन्द्र पाण्डे, कृष्णचन्द्र नेपाली, अर्जुन जोशी, दीपक गिरी, जीवनबहादुर शाही, किशोरसिंह राठौर, बद्री पाण्डे र दिलेन्द्र बडु निर्वाचित भए। 

त्यस्तै, केन्द्रीय सदस्यमा महिलातर्फबाट (६ जना) पुष्पा भुसाल, मीना पाण्डे, कमला पन्त, अम्बिका बस्नेत, महालक्ष्मी उपाध्याय डिना र ईश्वरी न्यौपाने निर्वाचित भए। दलिततर्फबाट (२ महिला सहित ५ जना) मानबहादुर विक, मीन विश्वकर्मा, जीवन परियार, सुजाता परियार र कविता सरदार निर्वाचित भए। मधेसीतर्फबाट (२ महिला सहित ५ जना) उमाकान्त चौधरी, अजय चौरसिया, महेन्द्र यादव, मिनाक्षी झा र पार्वती डिसी चौधरी निर्वाचित भए। आदिवासी जनजातितर्फबाट (२ महिलासहित ५ जना) भीष्म आङ्दम्बे, सूर्यमान गुरुङ, धनबहादुर गुरुङ, सीता गुरुङ र रत्ना शेरचन निर्वाचित भए। मुस्लिम तर्फबाट (१ जना) मो. अफताव आलम निर्वाचित भए। नेपाललाइभ अर्काइभबाट

यो पनि पढ्नुहोस्

एघारौं महाधिवेशन : जब कांग्रेसले विधानबाटै ‘संवैधानिक राजतन्त्र’ हटायोसोमबार, मंसिर २०, २०७८

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  ०८:०७
  • #नेपाली_कांग्रेस
  • #कांग्रेस_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री सुशीला कार्कीविरुद्धको अवहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश
साताको पहिलो दिन सेयर बजारमा उछाल, सवा ६ अर्बको कारोबार
मठाधीशहरूलाई धुपबत्ती गर्न छाडेर नयाँ पार्टी गठन गर्‍यौं : जनार्दन शर्मा
सम्बन्धित सामग्री
मठाधीशहरूलाई धुपबत्ती गर्न छाडेर नयाँ पार्टी गठन गर्‍यौं : जनार्दन शर्मा ‘पार्टीभित्रका मठाधीशलाई धूपबत्ती गर्न छोडेर हामीले प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरेका छौँ। जनयुद्ध गरेको माओवादीले पनि क्रान... आइतबार, मंसिर ७, २०८२
प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा आइतवार काठमाडौंमा एक कार्यक्रमबीच डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्... आइतबार, मंसिर ७, २०८२
सुदन किराँतीले भने– पार्टीको ‘नाङ्लो पसल’ खोल्दैनौं आइतबार राष्ट्रियसभा गृहमा आयोजना भएको पार्टी एकता सभालाई सम्बोधन गर्दै किरातीले ३७ वर्षसम्म नेतृत्वमा रहेकाले जेनजी विद्रोहलाई अस्वी... आइतबार, मंसिर ७, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्री सुशीला कार्कीविरुद्धको अवहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश आइतबार, मंसिर ७, २०८२
साताको पहिलो दिन सेयर बजारमा उछाल, सवा ६ अर्बको कारोबार आइतबार, मंसिर ७, २०८२
मठाधीशहरूलाई धुपबत्ती गर्न छाडेर नयाँ पार्टी गठन गर्‍यौं : जनार्दन शर्मा आइतबार, मंसिर ७, २०८२
प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा आइतबार, मंसिर ७, २०८२
सुदन किराँतीले भने– पार्टीको ‘नाङ्लो पसल’ खोल्दैनौं आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
दुर्गा प्रसाईंको अभियानले घोषणा गरेको अनिश्चितकालीन नेपाल बन्दको कार्यक्रम फिर्ता आइतबार, मंसिर ७, २०८२
आज तीन नेताको पार्टी एकता हुँदै, घोषणा सभाको अध्यक्षता सन्तोष परियारले गर्ने आइतबार, मंसिर ७, २०८२
रास्वपा काठमाडौँका सभापति प्रदीप विष्टद्वारा पदबाट राजीनामा आइतबार, मंसिर ७, २०८२
चुनावमा भाग लिने कांग्रेसको निर्णय शनिबार, मंसिर ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
मन्त्रिपरिषद् बैठकका २५ निर्णय सार्वजनिक (पूर्णपाठसहित) बुधबार, मंसिर ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्