• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
इतिहासमा कांग्रेस-१७

सन्दर्भ भट्टराईको जन्मजयन्ती : बाह्रौं महाधिवेशनमा कृष्णप्रसाद भट्टराईले कांग्रेसलाई ‘निरर्थक र नक्कली’ पार्टी भनेपछि

64x64
नेपाल लाइभ सोमबार, पुस ८, २०८१  ०८:०७
1140x725

एघारौं र बाह्रौं महाधिवेशनको बीचमा नेपाली कांग्रेस र समग्र राजनीतिले नै महत्त्वपूर्ण परिघटनाहरु बेहोर्‍यो। २०५९ सालमा शेरबहादुर देउवाले पार्टी विभाजन गर्दै गठन गरेको नेपाली कांग्रेस (प्रजातान्त्रिक) २०६४ असोज ७ गते पुनः नेपाली कांग्रेसमै मिसियो। त्यहीबेला तत्कालीन राजा ज्ञानेन्द्रको ‘शाही कू’ विरुद्ध उठेको आन्दोलनले जनआन्दोलनकै रुप लियो र २०६२/६३ सालको जनआन्दोलन सफल भयो। माओवादी शान्ति प्रक्रियामा आयो। संविधानसभाको निर्वाचन भयो।

संविधानसभा निर्वाचनको नतिजा कांग्रेसका लागि अकल्पनीय थियो। त्यहीबीचमा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निधन भयो। कोइरालाको निधन भएपछि सुशील कोइरालाले कार्यवाहक सभापतिको जिम्मेवारी निर्वाह गरिरहेका थिए।

यही अवस्थाबीच कांग्रेसको बाह्रौं महाधिवेशन २०६७ असोज १ देखि ५ गतेसम्म काठमाडौंमा सम्पन्न भयो। पूर्वसभापति कृष्णप्रसाद भट्टराईलाई पनि कांग्रेस महाधिवेशनमा सहभागिताका लागि चिठी पठाइएको थियो। तर, उनले सहभागी हुन अस्वीकार गरे। कांग्रेसको गणतान्त्रिक नीतिबाट असन्तुष्ट रहेका र केही वर्षयता निष्क्रिय रहेका उनले भदौ ३१ मा कार्यवाहक सभापति सुशील कोइरालालाई पत्र लेख्दै कांग्रेस जस्तो 'निरर्थक र नक्कली संस्थामा उपस्थित हुनु बेकार सम्झिएको' बताए। ‘परम आदरणीय एवम् हाम्रो नेपाली समाज कायम रहेसम्म जीवित रहने खालको व्यक्तित्व रहेका नेताद्वय बीपी एवं गणेशमान सिंहजीलाई पनि बिर्सिइसकेको संस्था आजको तथाकथित गणतान्त्रिक कांग्रेसको निमन्त्रणा प्राप्त भएकोमा धन्यवाद दिँदै म यस्तो निरर्थक र नक्कली संस्थामा उपस्थित हुनु बेकार सम्झी सो को जनाउ तपाईंलाई दिन चाहन्छु- यही पत्रद्वारा,' भट्टराईको पत्रमा उल्लेख छ।

महाधिवेशनको उद्घाटनसत्र असोज १ गते खुलामञ्चमा सम्पन्न भएको थियो। भोलिपल्ट भृकुटीमण्डपमा बन्दसत्र सुरु भएको थियो। असोज ५ गते नयाँ नेतृत्वका लागि प्रज्ञा प्रतिष्ठानमा निर्वाचन भएको थियो। बन्दसत्रमा महामन्त्री विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। त्यस्तै, वरिष्ठ नेता शेरबहादुर देउवाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए, जुन असोज ४ गते पारित भएको थियो।

‘पार्टी विभाजनको सम्पूर्ण पीडा र प्रभावलाई बिर्साउँदै तथा २०६४ असोजमा भएको नेपाली कांग्रेसको एकतालाई अझ सुदृढ बनाउने अभिभारा पनि बाह्रौं महाधिवेशनको काँधमा छ। यसका साथै संविधानसभा निर्वाचनमा पार्टीले बेहोर्नुपरेको अनपेक्षित परिणामको गम्भीर मूल्याङ्‍कन गर्दै पार्टीको नीति, नेतृत्व र संगठन संरचनामा ल्याउनुपर्ने नयाँ परिवर्तन र परिमार्जनको विषय पनि बाह्रौं महाधिवेशनको गम्भीर छलफलको विषय हो,’ १२औं महाधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रममा भनिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

बाह्रौं महाधिवेशनमा पदाधिकारीका तीनबाहेक केन्द्रीय कार्यसमितिका ६१ सदस्यको लागि निर्वाचन भयो। जसअनुसार, खुलाबाट २५, अञ्चलबाट १४, महिलाबाट ६, दलितबाट २ महिलासहित ५, मधेसीबाट २ महिलासहित ५, आदिवासी जनजातिबाट २ महिलासहित ५ र मुस्लिमबाट १ जनाका लागि निर्वाचन भएको थियो। त्यस अतिरिक्त सभापतिले एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री, २१ केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था भयो। २१ जनामा पनि महिला, मधेसी, आदिवासी जनजाति, दलित र मुस्लिम एक-एक जना र अन्य १६ जना मनोनीत गर्ने व्यवस्था थियो।

यस महाधिवेशनमा सभापतिमा सुशील कोइराला, शेरबहादुर देउवा र भीमबहादुर तामाङ प्रत्यासी थिए। कोइरालाको प्यानलमा महामन्त्री प्रकाशमान सिंह र कोषाध्यक्षमा पद्मनारायण चौधरी उम्मेदवार थिए। देउवाको प्यानलबाट महामन्त्रीमा विमलेन्द्र निधि र कोषाध्यक्षमा चित्रलेखा यादव उम्मेदवार भएका थिए। तेस्रो धार भन्दै सभापतिमा भीमबहादुर तामाङ र महामन्त्रीमा नरहरि आचार्यले उम्मेदवारी दिएका थिए। कोइराला र देउवाले सदस्यसम्मै प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए।

महाधिवेशनमा मत दिन र गणना गर्न सहजताका लागि सभापति, अन्य पदाधिकारी, खुलातर्फका केन्द्रीय सदस्य, अञ्चलतर्फका केन्द्रीय सदस्य, समावेशीका पाँच समूहका गरी नौवटा मतपत्रमा मत दिने व्यवस्था गरिएको थियो। सभापतिको निर्वाचनमा कुनै उम्मेदवारले ५० प्रतिशत मत नकटाएमा पहिलो र दोस्रो उम्मेदवारका लागि पुनः मतदान गर्ने प्रावधान भए पनि त्यस्तो अवस्था आएन। कोइराला पहिलो चरणमै विजयी भए। उनले १६५२ मत पाए। त्यस्तै, देउवाले १३१७ र तामाङले ७८ मत पाए। कूल तीन हजार ८८ मध्ये तीन हजार ६२ मतमात्रै खसेको थियो। मतदानमा २६ जना अनुपस्थित थिए। १५ मत बदर भएका थिए। महामन्त्रीमा प्रकाशमान सिंह र कोषाध्यक्षमा चित्रलेखा यादव निर्वाचित भए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

केन्द्रीय सदस्यमा खुलातर्फबाट (२५ जना) गगन थापा, अर्जुननरसिंह केसी, खुमबहादुर खडका, शशांक कोइराला, प्रदीप गिरि, सुजाता कोइराला, रामचन्द्र पौडेल, रामशरण महत, बालकृष्ण खाण, एनपी साउद, शेखर कोइराला, महेश आचार्य, मिनेन्द्र रिजाल, प्रकाशशरण महत, कृष्ण सिटौला, चन्द्र भण्डारी, नारायण खड्का, बलबहादुर केसी, गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्का, शंकर भण्डारी, कुलबहादुर गुरुङ, मनमोहन भट्टराई, ज्ञानेन्द्रबहादुर कार्की, दीपकुमार उपाध्याय निर्वाचित भए।

केन्द्रीय सदस्यमा अञ्चलतर्फबाट (१४ जना) नरेन्द्र नेम्वाङ, आमोदप्रसाद उपाध्याय, रामकुमार चौधरी, आनन्द ढुंगाना, नवीन्द्रराज जोशी, रमेश रिजाल, सुरेन्द्र पाण्डे, कृष्णचन्द्र नेपाली, अर्जुन जोशी, दीपक गिरी, जीवनबहादुर शाही, किशोरसिंह राठौर, बद्री पाण्डे र दिलेन्द्र बडु निर्वाचित भए। 

त्यस्तै, केन्द्रीय सदस्यमा महिलातर्फबाट (६ जना) पुष्पा भुसाल, मीना पाण्डे, कमला पन्त, अम्बिका बस्नेत, महालक्ष्मी उपाध्याय डिना र ईश्वरी न्यौपाने निर्वाचित भए। दलिततर्फबाट (२ महिला सहित ५ जना) मानबहादुर विक, मीन विश्वकर्मा, जीवन परियार, सुजाता परियार र कविता सरदार निर्वाचित भए। मधेसीतर्फबाट (२ महिला सहित ५ जना) उमाकान्त चौधरी, अजय चौरसिया, महेन्द्र यादव, मिनाक्षी झा र पार्वती डिसी चौधरी निर्वाचित भए। आदिवासी जनजातितर्फबाट (२ महिलासहित ५ जना) भीष्म आङ्दम्बे, सूर्यमान गुरुङ, धनबहादुर गुरुङ, सीता गुरुङ र रत्ना शेरचन निर्वाचित भए। मुस्लिम तर्फबाट (१ जना) मो. अफताव आलम निर्वाचित भए। नेपाललाइभ अर्काइभबाट

यो पनि पढ्नुहोस्

एघारौं महाधिवेशन : जब कांग्रेसले विधानबाटै ‘संवैधानिक राजतन्त्र’ हटायोसोमबार, मंसिर २०, २०७८

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  ०८:०७
  • #नेपाली_कांग्रेस
  • #कांग्रेस_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत जर्मनीबाट डिपोर्ट (निष्कासन) गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन... बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्